प्रदेशमा स्थायित्व, सुशासन र विकासको निम्ति काम गर्छौं : मुख्यमन्त्री जमकट्टेल

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत प्राप्त भएको छ ।
हेटौंडामा आज बसेको प्रदेश सभा बैठकबाट जमकट्टेलले विश्वासको मत प्राप्त गरेका हुन् । उनको पक्षमा संसद्मा प्रतिनिधित्व गर्ने ७ मध्ये ६ दल रहेका थिए । विश्वासको मत प्राप्त गर्न ५६ सांसद आवश्यक रहेकोमा उनको पक्षमा १०५ सांसदले मत दिएका थिए भने विपक्षमा ३ जना सांसदले मतदान गरे ।
नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी र प्रतिपक्षमा बस्ने गरी नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको छ । उनको विपक्षमा नेपाल मजदुर किसान पार्टीका ३ सांसदले मतदान गरेका छन् ।
विश्वासको मत प्राप्त गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री जमकट्टेलले संसद्मा सहभागी अधिकांश दलले मत दिएको र सबै दलको विश्वासले खण्डित नगर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले ७ मध्ये ६ दलबाट विश्वासको मत आउनुले नयाँ सन्देश प्रवाह भएको र जनताको सेवामा आफू काम गर्ने बताए ।
मुख्यमन्त्री जमकट्टेलले बागमती प्रदेश सरकारले जनताको चाहनाअनुसार पूर्ण रूपमा प्रदेशमा स्थायित्व, सुशासन र विकासको निम्ति काम गर्ने बताए ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया