दीप बस्न्यातको रिटमा अख्तियारलाई सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं : सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दीप बस्न्यातलाई थुनामा राख्नुको कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश मिरा खड्काको इजलासले आयोगलाई कारण देखाउ आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातले बालुवाटार जग्गा प्रकरणमा आफूविरुद्ध विशेष अदालतले गलत आदेश दिएको भन्दै सर्वोच्चमा अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उनले थुनामुक्त गरिपाउँ भन्दै रिट दायर गरेका हुन् ।
भौतिक पूर्वाधार सचिव हुँदा बालुटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन फाइल अघि बढाएका थिए । त्यसमा अख्तियारले उनीविरुद्ध भ्रष्टाचार भएको दाबीसहित उनीविरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतले बस्न्यातलाई गत वर्षको मंसिरमा थुनामा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो ।

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह

प्रतिक्रिया