किसानका उत्पादन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म

काठमाडौं- किसान पाइप प्रोडक्स प्रालिले आफ्ना उत्पादन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्न सफल भएका बताएका छन् ।
शनिबार राजधानीमा भएको १३औं साधारणसभाका सभापति एवम् कम्पनीका अध्यक्ष विष्णुप्रसाद पाण्डेले लामो समयदेखि निर्माण क्षेत्रमा व्यवसाय गर्दै आएको हुनाले आफ्नो कम्पनीले गुणस्तरीय निर्माण सामग्रीमात्रै उत्पादन गर्ने गरेको र यही कारण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सामानको माग उच्च रहेको दाबी गरे । यही कारणले व्यापार व्यवसाय राम्रो रूपमा चलिरहेको उनले सुनाए ।
'हामी मूल्यमा होइन, गुणस्तरमा केन्द्रित छौं,' उनले भने । आजको दिनसम्म आइपुग्दा घर, उद्योग, हाउजिङ, कर्मसिएल बिल्डिङलगायत सम्पूर्ण क्षेत्रमा प्रयोग हुने पाइप र फिटिंग्स दिन सफल भएको उनको भनाइ छ । ‘हामी गुणस्तरमा विशेष फोकस गरिरहेका छौं । हाम्रो उद्देश्य ग्राहकलाई क्वालिटी प्रोडक्ट दिनु हो,' उनले थपे ।
१२ वर्ष अगाडि नवलपरासीको बर्दघाटमा ट्यांकी फ्याक्ट्री र पाइप उत्पादनबाट सुरु गरेको यो कम्पनीले अहिले फिटिंग युपीभीसी, एचडीभी, पीभीसी रातो माल्डो ट्यांक, व्लो ट्यांक, बोरिङ्ग पाइपलगायतमा विस्तार भएको छ ।
कम्पनीका म्यानेजिंग डाइरेक्टर अजय पाण्डेले कम्पनीले जापनीज ब्राण्डसँंग टाईअप गरेर अगाडि बढेको जानकारी गराए । उनले यही कारण उल्लेखनीय प्रगति भएको खुसी पनि साटे ।
कम्पनीका निर्देशक भीम पौडेलले अहिलेको नाजुक अवस्थामा पनि कम्पनीको गुणस्तरीय उत्पादन गरेर राम्रो बजार भएको बताए । यही कारण कम्पनीमा थप पुँंजी लगानी गरी देशकै नमूना उद्योग बनाउनुपर्नेमा उनले जोड दिए ।
कम्पनीका निर्देशक शिव मानन्धरले आफू निर्माण सामग्री बिक्रेता पनि भएकोले कुन प्रोडक्ट गुणस्तरीय छ र कुन गुणस्तरीय छैन राम्रो ज्ञान भएको र गुणस्तीय उत्पादनकै कारण आफूले किसान प्रोडक्ट बिक्री गर्दै आएको जनाए ।
उपभोक्ताले अत्यन्त गुणस्तरका कारणले यसका उत्पादनहरू मन पराएको उनको अनुभव छ ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया