ललितपुर महानगरले भन्यो : स्मार्ट सिटी बनाउन रोपिएका बिरुवा उखाल्नेलाई कारबाही गर्छौं

काठमाडौँ- ललितपुर महानगरपालिकाले सडक किनारामा रोपिएका बिरुवालाई नष्ट गर्नेलाई कारबाही हुने बताएको छ । शहरलाई हरियाली बनाउने अभियानविरुद्ध बिरुवा फालिएको प्रमाण प्राप्त भएको महानगरले जनाएको छ ।
पछिल्लो समय महानगरले हरियालीसहितको ‘स्मार्ट सिटी’ बनाउन विभिन्न स्थानमा वृक्षारोपण गर्दै आइरहेको छ । सडकमा रोपिएका बिरुवालाई नष्ट र उखेलेर फालेको जानकारी प्राप्त भएमा कानुन बमोजिम कडा कारबाही गरिने महानगरले जानकारी दिएको हाे ।
'वातावरण जोगाउन, सहरलाई सुन्दर बनाउन बिरुवा हुर्काउनु र जोगाउनु हामी सबैको कर्तव्य र जिम्मेवार हो । महानगरपालिका असल र जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न सबैलाई अनुरोध गर्दै हरियालीसहितको महानगर निर्माणमा साथ र सहयोगको अपेक्षा गर्दछ,' महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

स्याउ बोकेको कन्टेनरमा केरुङबाट ल्याइँदै थियो ७ किलो ६५३ ग्राम सुन !

जबरजस्ती करणी गरेको अभियोगमा वृद्धा पक्राउ

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया