ठूला किसानलाई प्रदेश सरकारको अनुदान, सानालाई छैन प्रोत्साहन

मकवानपुर - कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै बागमती प्रदेश सरकारले सहकारीमार्फत् दूध बिक्री गर्ने किसानलाई एक लिटरमा पाँच रुपैयाँ अनुदान दिने तयारी थालेका छ । प्रदेश सरकारले यसअघि प्रतिलिटर दुधमा एक रुपैयाँ दिएको थियो । प्रतिलिटरमा एक रुपैयाँ दिँदा किसानलाई प्रेरणा मिलेको तर उनीहरूको लगानीमा राहत दिन नसकेको गुनासाहरू आएपछि यसलाई सम्बोधन गर्ने तयारी प्रदेश सरकारले गरेको हो । तर यसबाट सिँधै किसान भने लाभान्वित नहुने देखिएका छ ।
त्यसका लागि दुग्ध उत्पादक कृषि सहकारी संस्थाहरूबाट आवेदन संकलन गरी अध्ययन गरिरहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाले जनाएको छ ।
निर्देशनालयले अनुदान कार्यक्रममा सहभागी हुन सूचना निकालेको र सोही सूचनाको आधारमा प्रदेशको सबै जिल्लाबाट दुग्ध उत्पादक कृषि सहकारी मार्फत आवेदनहरू संकलन भएको कार्यालयले जनाएको छ ।
हालसम्म प्रदेशको सबैजसो जिल्लाबाट आवेदन प्राप्त भैसकेको निर्देशनालयले जनाएको छ । अब ती आवेदनमाथि अध्ययन गरेर फागुन मसान्त भित्रमा सबै सहकारीलाई अनुदान रकम प्रदान गर्ने तयारी निर्देशनालयले गरेको छ ।
बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधमा अनुदान दिन यो वर्ष ३० करोड रुपैयाँ बजेट छुट्याएको छ । सरकारले अनुदान रकम सहकारीलाई दिने र सहकारीले किसानलाई दिनेछ ।
तर यो कार्यक्रमबाट पनि साना किसान भने लाभान्वित हुने छैनन् । ठूला र व्यवसायिक किसानलाई मात्रै यो कार्यक्रमले सम्बोधन गर्ने देखिएको छ ।
कम्तिमा मासिक एक हजार ५०० लिटर दुध संकलन गर्ने र वार्षिक कम्तीमा दुई सय दिन दूधको कारोबार गर्ने दुग्ध उत्पादन सहकारी मात्र अनुदान कार्यक्रममा सहभागी हुन पाउनेछन् । यसअघि दिंदै आइएको प्रति लिटर एक रुपैयाँ अनुदान भने सिँधै सबै किसानको खातामा जाने व्यवस्था थियो । जसले थोरै थोरै दूध बेचर घरखर्च चलाउनेहरूले पनि लाभ लिन पाएका थिए । अब लागु हुने योजनामा भने व्यवसायिक किसानले मात्रै लाभ लिन पाउने छन् । आर्थिक लगानी गरेर ठूलो व्यवसाय आँट्न नसक्ने किसानलाई भने यस पटक पनि सम्बोधन नहुने भएको हो ।
बागमती सरकारले लिटरमा पाँच रुपैयाँ अनुदान दिन लागेको यसै वर्षदेखि हो । गत आर्थिक वर्षमा २६० वटा दुग्ध उत्पादक सहकारीमार्फत् किसानलाई १६ करोड रुपैयाँ अनुदान वितरण गरेको थियो ।
गत वर्ष किसानले प्रतिलिटर एक रुपैंया ६४ पैसा अनुदान पाएका थिए । बागमती सरकारले २०७६ सालदेखि दूधमा नगद अनुदान दिंदै आएको छ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया