टिप्परमा स्कुटर ठोक्किँदा एक किशोरीको मृत्यु

धादिङ- धादिङ थाक्रेममा टिप्परसँग स्कुटर ठोक्किँदा एक किशोरीको मृत्यु भएको छ ।
थाक्रे गाउँपालिका–६ मा टिप्परसँग स्कुटर ठोक्किँदा स्कुटर चालक थाक्रे गाउँपालिका–११ कि १५ वर्षीय संगम लामाको मृत्यु भएको प्रहरी चौकी महादेववेशीले जनाएको छ ।
टिप्परसँग स्कुटर ठोक्किएपछि गम्भीर घाइते भएकी लामाको शाही बाबा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
काठमाडौँबाट गजुरी तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ५१११ नम्बरको स्कुटर पार्किङमा राखेको बा ४ ख २६५४ नम्बरको टिप्परको पछाडि सोमबार मध्यराति ठोक्किएको प्रहरीले जनाएको छ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया