नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने
मुख्यमन्त्री राजेन्द्र सिंह रावलले भाेलि विश्वासको मत लिँदै

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले भोलि (बुधबार) विश्वासको मत लिँदैछ । तर, सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले भने विश्वासको मत नदिने भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रंजिता श्रेष्ठसहित सुदूरपश्चिम प्रदेशका सात जना सांसद रेशम चौधरीलाई भेट्न डिल्लीबजारस्थित कारागार पुगेका थिए । सात सांसदलाई रेशम चौधरीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने बताएका छन् ।
‘पहिले जेलको ढोका खुल्ला त्यसपछि सरकारको ढोका खुल्ला,’ रेशम चौधरीले आफ्ना सांसदलाई भने । ११ बजेदेखि भएको छलफल करिब ५ बजेसम्म चलेको थियो । उक्त छलफलमा नागरिक उन्मुक्तिका केही सांसदहरूले तत्काल विश्वासको मत दिएर सरकारमा जान आफ्ना मतदाताको दबाब रहेको बताएका थिए ।
जवाफमा रेशम चौधरीले माग र मुद्दाभन्दा बाहिर जान नसकिने बताएका थिए । बैठक सकिए लगत्तै शीर्ष नेताले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने अडान यथावत् नै रहेको बताए ।
भोलि बिहान ११ बजे सुदूरपश्चिम सरकारका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिन संसद् बैठक आह्वान गर्न भनेका थिए । तर, केही ढिलो हुने भन्दै भोलिको बैठक १ बजेका लागि सारिएको छ ।
आज डिल्लीबजार कारागारको बैठकले भोलि मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सम्भावना क्षीण बनेको छ ।
२७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले २६ गतेसम्म विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । सुदूर पश्चिममा नागरिक उन्मुक्तिले विश्वासको मत नदिए सरकारले बहुमत गुमाउने छ ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन हुनुपर्छ : अध्यक्ष प्रचण्ड

‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’

निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

प्रतिक्रिया