समयमै पहिचान गर्न सके बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव

काठमाडौँ - समयमै पहिचान गर्न सकेमा बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव भएको चिकित्सकहरूले बताएका छन् ।
बुधबार अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर विरुद्धको दिवसको अवसरमा ललितपुरमा भएको कार्यक्रममा बोल्दै चिकित्सकहरूले बालबालिकामा हुने क्यान्सरको समयमै पहिचान गर्न सकेमा उपचार सम्भव हुने बताएका हुन् ।
पाटन अस्पतालका विभागीय प्रमुख प्रा.डा. गणेशप्रसाद साहले बालबालिकामा भएको क्यान्सरको संक्रमण छिटोभन्दा छिटो पहिचान हुन सकेमा उपचार सम्भव भएको बताएका हुन् । यद्यपि उपचार भने निकै महंगो भएकोले चुनौती रहेको बताए । बालबालिकामा हुने क्यान्सरको स्क्रिनिङ सिस्टम नहुनु पनि चुनौतीको विषय भएको उनले बताए ।
उनले भने, – ‘बाल्यकाल क्यान्सरमा स्क्रिनिङ सिस्टम छैन । कुनै साइन सिम्टोन्स नदेखिइकन देखा पर्नसक्छ । त्यसैले चुनौती छ बाल्यकाल क्यान्सरमा । छिटोभन्दा छिटो पहिचान हुनसक्यो भने उपचार सम्भव छ । धेरै महंगो छ ।’
पाटन अस्पतालका निर्देशक रवि शाक्यले बालबालिकामा हुने क्यान्सरको बारेमा सचेतना दिनु आवश्यक रहेको बताए । उनले विश्वका अन्य देश सरह नेपालमा पनि क्यान्सर पीडितलाई हेरचाह गर्न सकिने बताए । नेपालमा परीक्षण गर्नका लागि चुनौती रहेको उनले उल्लेख गरे । संघदेखि प्रदेश सरकारले पनि क्यान्सरजस्ता दीर्घ रोगको उपचारमा आर्थिक सहयोग गर्ने गरेको पनि उनले बताए ।
उनले भने, ‘नेपालमा जे पनि नराम्रो पनि होइन । विश्वको जस्तै स्ट्याण्डर्ड एण्ड केयर दिन सकिन्छ । टाइममा उपचार भयो भने हुन्छ । पैसा चाहिन्छ भन्ने मात्रै होइन । क्यान्सरको उपचार नेपालमा पनि भइरहेको छ । सचेतना दिनु जरुरी छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको दीर्घ रोगी कार्यक्रममा क्यान्सर भयो भने वार्षिक रुपमा १ लाखसम्मको उपचारमा सुविधा छँदैछ । विभिन्न प्रदेश सरकारहरुले पनि दिइरहेका छन् । प्रशासनिक प्रक्रियाहरूमा समस्या त छन् । कामकाज गर्दा टेष्ट गर्ने देखि डाइग्नोसिस गर्ने काममा चुनौती छन् । धेरै खर्च गरेर विदेश पठाएर रिपोर्ट आउनुपर्ने अवस्था छ । नेपालमा टेस्ट हुने कोसिस पनि गर्दैछौँ । आर्थिक रुपमा सर्वसाधारणलाई चुनौती चाहीँ हुनेरहेछ ।’
पाटन अस्पतालले हालसम्म ५० जना भन्दा बढी बालबालिकाको क्यान्सर सम्बन्धी उपचार गरिरहेको बताएको छ । आफ्नो सन्तानको क्यान्सर सम्बन्धी उपचार गराइ रहेका अभिभावकहरूले आफ्नो सन्तानले क्यान्सरलाई जित्ने विश्वास व्यक्त गरिरहेका छन् ।
पाटन अस्पतालमा उपचाररत बालबालिकाहरूलाई विभिन्न संघसंस्था तथा व्यक्तिहरूको समेत सहयोगमा उपचार भइरहेको जनाइएको छ ।

चितवनका तीन जनामा जापानिज इन्सेफलाइटिस

एचआइभी संक्रमितको अठोटः मैले अझै बाँच्नुपर्छ

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

प्रतिक्रिया