काठमाडौँ महानगरपालिकाले थप पीडा दिएको भूमिहीनहरूको गुनासो

काठमाडौँ- भूमिहीनहरूले काठमाडौँ महानगरपालिकाले आफूहरूलाई थप पीडा दिएको गुनासो गरेका छन् ।
विश्व सामाजिक न्याय दिवसको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित ‘सामाजिक न्याय संवाद श्रृङ्खला’ कार्यक्रममा बोल्दै पीडित जानुका पोखरेललगायतले आफूहरूको बस्तीमा डोजर आतंक फैल्याएर काठमाडौँ महानगरपालिकाले झनै पीडा दिएको बताएका हुन् । काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी पोखरेलले खाना, छाना र नानाको अभावमा रहेका आफूहरूलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले झनै उठिबास लगाउन खोजेको भन्दै आक्रोश व्यक्त गरिन् ।
उनले आफूहरूमाथि अन्याय नगर्न पनि काठमाडौँ महानगरपालिका र संघीय सरकारलाई आग्रह गरिन् । गरिबको पक्षमा सबै तहका सरकारले काम गर्नुपर्नेमा दुःख दिएको उनको दुखेसो थियो । पोखरेलले भनिन्, ‘गरिबीको भोगाई छ । भोकको पीडा छुट्टै छ । महामारी, सरकारको दिएको यातना । यी सबैको पीडा हामीले भोग्नु परेको छ । हामीमाथि नै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि डोजर चलाएर आतंकित पारेका छन । उनी आएपछि त झन हामीले पीडा भोग्नु परेको छ ।’
यता, काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त नवराज प्याकुरेलले भने भूमिहीनहरूको समस्या समाधानका लागि आफूहरू सम्बन्धित पक्षसँग सहकार्य गरेर अघि बढ्न लागि परेको दाबी गरे । उनले त्यसका लागि ठोस योजना ल्याउन स्थानीय सरकार र संघीय सरकारको ध्यानाकर्षण समेत गराए । विकास आयुक्त प्याकुरेलले काठमाडौँ उपत्यका भित्र सामाजिक न्याय स्थापित हुने गरी पीडितहरूको माग सम्बोधन गराउने काममा आफूहरूले काम काम गरिरहेको पनि बताए ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणले सबैको बस्न पाउने अधिकारलाई सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको पनि विकास आयुक्त प्याकुरेलले बताए ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया