धनगढीमा सिकलसेल एनेमिया सम्बन्धी क्षेत्रीय सम्मेलन हुने

कैलाली । धनगढीमा सिकलसेल एनेमिया सम्बन्धी क्षेत्रीय सम्मेलन हुने भएको छ । सिकलसेन एनेमियाका क्षेत्रमा लामो समय काम गरेका अनुभवी चिकित्सक र नयाँ चिकित्सकहरुसहितकाे उपस्थितिमा शनिबार क्षेत्रीय सम्मेलन हुन लागेको हो ।
धनगढीको रुवस होटलमा हुने सम्मेलनमा धनगढीमा कार्यरत विशेषज्ञ चिकित्सक, नेपालगञ्ज, टिकापुर, महेन्द्रनगर तथा काठमाण्डौँबाट समेत आउने १६ जना विशेषज्ञ चिकित्सकहरुले विभिन्न बिषयगत कार्यपत्र प्रस्तुत गर्ने आयोजक संस्था सोसाइटी अफ मेडिसिन अफ नेपालका केन्द्रीय सदस्य तथा सम्मेलन संयोजक डा शुभेसराज कायस्थले बताए ।
झण्डै ७ सय सदस्यहरु भएको यो संस्था देशभरीका चिकित्सकहरुको सबैभन्दा ठूलो पेसागत संस्था भएका कारण पनि यो सम्मेलन आयोजना गर्न लागेको डा.कायस्थले बताए । विभिन्न विषयका विशेषज्ञ चिकित्सकहरु र नयाँ चिकित्सकहरु एउटै ठाउँमा बसेर सिकलसेल एनेमिया सम्बन्धी छलफल तथा बिचार मन्थन गरिने उनले बताए ।
यो सम्मेलनले सिकलसेल एनेमिया सम्बन्धी रोगको उपचारमा निकै योगदान दिने उनले अपेक्षा राखेका छन् । संस्थाको तथ्यांक अनुसार सेती अस्पतालमा ८ सय ३६, घोडाघोडी अस्पतालमा ३ सय ६१, टिकापुर अस्पतालमा १ जना गरी कैलालीमा १ हजार १ सय ९८ जना सिकलसेल एनेमियाका बिरामी फेला परेका छन् । कञ्चनपुरको महाकाली अस्पतालमा ८ जना गरी सुदूरपश्चिम प्रदेशभरी १ हजार २ सय ६ जना बिरामी फेला परेको संस्थाले जनाएको छ ।

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

प्रतिक्रिया