व्यवसायीले घेरे गोदावरी नगरपालिका

कैलाली- कैलालीको अत्तरिया बजारका व्यवसायीले गोदावरी नगरपालिका घेराउ गरेका छन् । अत्तरिया बजार क्षेत्रका व्यवसायीले पसल अगाडि निर्माण गरेका टिनका पाली नगरपालिकाले हटाउन थालेको भन्दै नगरपालिका घेराउ गरेका हुन् ।
शुक्रबार बिहान अत्तरिया चोकमा सडक क्षेत्रमा पर्ने पसलका पाली हटाउन नगरपालिकाले जेसीवी चलाउन सुरु गरेको थियो । व्यवसायीले भने नगरपालिकाले अन्य क्षेत्रको अतिक्रमण नहटाएर बिना कारण चोकमा रहेका व्यवसायीलाई दुःख दिन थालेको भन्दै अवरोध गरेका थिए ।
व्यवसायी दुर्गा कडायतले पसल अगाडि पाली नबनाएर बर्षातको पानी पसल भित्र जाने गरेको बताइन् । उनले नगरपालिकाले खोला नालाको अतिक्रमण नहटाउने तर, व्यवसायीले पसल अगाडि निर्माण गरेका पालीमात्रै हटाउने कार्य गलत भएको बताइन् ।
व्यवसायीले तत्काल पाली नहटाइदिन माग गरेका छन् । यता नगरपालिकाले भने सडक अतिक्रमण हटाउने काम नरोकिने बताएको छ । नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले कार्यपालिकाबाट निर्णय गरेर सडक किनाराका अतिक्रमण हटाउने निर्णय भएको बताए ।
उनले ७ दिने सूचना जारी गरिएपनि अतिक्रमण हटाउन अटेर गरिएपछि नगरपालिकाले जेसीवी चलाउन बाध्य भएको बताए । यसअघि अतिक्रमण हटाइएका ठाउँमा पुनः अतिक्रमण हुन थालेको प्रवक्ता भट्टले बताएका छन् । न्युजकारखाना

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

प्रतिक्रिया