धनगढी उपमहानगमा स्वास्थ्यकर्मीहरूको धर्ना

कैलाली - काम गरेको सेवासुविधा नपाएको भन्दै धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरूले आज उपमहानगरपालिकामा धर्ना दिएका छन । बिगत ६ महिनादेखि सेवासुविधा नपाउँदा दैनिक जीवन यापन गर्नसमेत कठिनाइ भइरहेको भन्दै उनीहरूले दबाबमुलक कार्यक्रमहरू अघि बढाएका छन् ।
धनगढी उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्य तर्फका स्थायी कर्मचारीहरूले आइतबारदेखि सार्वजनिक बिदाको दिनबाहेक धनगढी उपमहानगरपालिका प्रशासन शाखामा हाजिरीगरी नगरपालिकाको प्रांगणमा जम्मा भइ कालो पट्टी बाँधी धर्ना दिने, माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रूपमा संचालन गरिएका कार्यक्रमहरूको प्रतिवेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका अन्य सेवाहरूमा आन्दोलनरत स्वास्थ्यकर्मीहरू सहभागी नहुने लगायतका दबाबमुलक कार्यक्रममा उल्लेख छ ।
उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत छ महिनादेखि तलबभत्ता नपाएको गुनासो गर्दै आएका छन् ।

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

प्रतिक्रिया