दार्चुलामा युवा-युवती मृत फेला

दार्चुला- दार्चुलामा एक किशोर र किशोरी मृत फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बासिडाँडामा अन्दाजी २३/२४ वर्षका किशोर र किशोरीको शव फेला परेको हो । किशोरीको शव चोट पटक लागेको अवस्थामा फेला परेको छ । किशोरको शव भिरमा अडकिएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले मृतक किशोरी नौगाड गाउँपालिका–४ की सञ्जिता धामी रहेको बताए। उनको शव भन्दा करिब ४०/५० मिटर तल भिरमा किशोरको शव अड्किएको अवस्थामा रहेको छ ।
उनको सनाखत हुन सकेको छैन। सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन् । एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फेला परेको हो । इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्जार्च प्रहरी निरीक्षक गोविन्द भण्डारी नेतृत्वको टोली घटनास्थलमा छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए।

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

प्रतिक्रिया