बजेट विकृत पुँजीवादमा आधारित छ : उपेन्द्र यादव
काठमाडौँ–जनता समाजवादीका अध्यक्ष तथा सांसद उपेन्द्र यादवले सरकारले ल्याएको बजेट विकृत पुँजीवादमा आधारित रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा सरकार आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि भइरहेको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
‘यो बजेट वास्तवमा समाजवाद उन्मुख छँदैछैन,’ उनले भने, ‘बजेट विकृत पुँजीवादी या नवउदारवादी सिद्दान्तमा आधारित छ । यहाँ दुई तिहाइभन्दा बढी प्राइभेट सेक्टरको अधिन रहेको छ ।’
यस किसिमको बजेटले समाजवाद उन्मुख बाटो पहिल्याउन नसक्ने उनको भनाइ छ । ‘यस किसिमको बजेटले समाजवाद उन्मुख बाटो पकड्न सक्दैन,’ उनले भने, ‘समाजवाद उन्मुख होइन विमुख बजेट छ ।’
यो बजेटबाट सरकारले राखेको आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने उनले बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया