बजेटलाई आर्थिक र समयको अनुशासनमा बाँध्ने कोसिस भएको छः सांसद बडू

काठमाडौँ - नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटलाई आर्थिक अनुशासन र समयको अनुशासनमा बाँध्ने कोसिस भएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बडूले बजेट वक्तव्यले देशको आर्थिक अवस्थामा सुधार ल्याउन पुँजीगत खर्च बढाउने र अनुत्पादक खर्च घटाउने प्रयत्न गरेको बताए ।
उनले बजेटलाई आर्थिक अनुशासन र समयको अनुशासनमा बाँध्ने कोसिस भएको उल्लेख गरे । उनले सो अनुरुपको कार्यनीति र कार्य योजना पनि ल्याएको भन्दै प्रशंसा गरे । उनले बजेटले आर्थिक वर्षको पहिलो तीन महिना सबै प्रशासनिक काम सक्ने र मङसिरदेखि फिल्डमा काम देखाउने भन्नु राम्रो भएको उल्लेख गरे । उनले दोहोरो कार्यक्षेत्र परेका निकायहरूलाई कटौती गर्नु पनि राम्रो बताए ।
उनले बजेट कार्यान्वयन हुन सकेमा परिणाम दिने विश्वास व्यक्त गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया