पशुपतिमा सुनको जलहरी निर्माणमा भएको भ्रष्टाचारको विषय संसद्मा छलफल हुनुपर्छ : रामहरि खतिवडा

काठमाडौँ–कांग्रेस सांसद रामहरि खतिवडाले पशुपतिको सुनको जलहरी निर्माण प्रक्रियामा १० किलो सुन गायब भएको विषय संसद्मा छलफल हुनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो माग राखेका छन् ।
‘महालेखाको प्रतिवेदन ५१६ मा सुनको जलहरी निर्माण प्रक्रियामा १०७ किलो ९ सय २४ ग्राम प्रयोग गर्ने उल्लेख गरिएको हुन्छ,’ उनले भने, ‘त्यसमध्ये ९६ किलो ८ सय २२ ग्राममात्रै प्रयोग गरिएको र १० किलो ९ सय ७६ ग्राम बेपत्ता भएको भन्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ । त्यो कुरा बोल्न महालेखाको प्रतिवेदन हामीलाई दिइएको हो । त्यो बोल्दा संसद्मा रेकर्ड हटाउने कुराको म विरुद्धमा छु । यी कुरा बोल्दा संसद्को रेकर्डबाट हट्छ भने पनि जनताको मनबाट हट्दैन । यो विषय संसद्मा छलफल हुनुपर्छ ।’
सांसद खतिवडाले संसद्मा छलफल हुने विषयवस्तु रेकर्डबाट हटाउने परम्परा पनि अन्त्य हुनुपर्ने बताए । ‘कसैको सत्ता पाउने नपाउने आवेगको केन्द्र संसद नबनोस्,’ उनले भने, ‘संसद्मा छलफल हुने विषयवस्तु रेकर्डबाट हटाउने परम्परा अन्त्य होस् । हामी संसद्लाई सार्वभौमसत्ता सम्पन्न संसद् बनाउन चाहान्छौँ ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया