अर्थमन्त्रीलाई सांसद अग्रहरीको प्रश्न : के मधेशका जनताले कर तिरिरहेका छैनन् ?
काठमाडौँ– प्रतिनिधिसभा सांसद अमृतादेवी अग्रहरीले बजेटमा मधेशलाई विभेद गरिएकाे भन्दै अर्थमन्त्रीलाई मधेशको जनताले कर तिरिरहेका छैनन् ? भनि प्रश्न गरेकी छिन् ।
सोमबार अर्थमन्त्रीले प्रतिनिधिसभामा सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिइसकेपछि स्पष्टीकरण सोध्दै अग्रहरीले यस्तो प्रश्न गरेकी हुन् ।
‘अस्ति तिलौराकोटको विषयमा कुरा उठाएको थिए । त्यसमा राज्यको नीति के छ ? मधेसको हुलाकी सडक मधेशको मेरुदण्ड हो,’ उनले भनिन्, ‘समग्र मधेशको विषयमा जुन किसिमको बजेट विनियोजन भएको छ । त्यो विभेदकारी छ । अर्थमन्त्रीज्यूलाई मेरो प्रश्न छ– के मधेसका जनता कर तिरिरहेका छैनन् ? किन मधेशको साथमा यति विभेद भइरहेको छ ?’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया