अध्ययन र सर्भे बिना पहुँचका आधारमा बजेट विनियोजन गरिएको छ : सोविता गौतम
काठामडौँ–राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बिना अध्ययन, बिना सर्भे पहुँचका आधारमा ल्याइएको बताएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालय गत विनियोजित बजेटको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् ।
‘आवश्यकताका आधारमा भन्दा बढी बिना अध्ययन, बिना सर्भे पहुँचका आधारमा बजेट विनियोजन भएको महसुस भएको छ,’ उनले भनिन्, ‘यति सम्म लापरबाही कि हुँदै नभएको स्थानको सिर्जना गरेर बजेट विनियोजन भएको जस्तो मैले महसुस गरेकी छु । बजेटको रातो किताबमा एक ठाउँमा लेखिएको छ–काठमाडौँ ३५ खहरे मूलपानी... अन्य अन्य ।’
उनले अगाडि भनिन्, ‘तत्कालीन समयमा काठमाडौँ ३५ थियो होला । तर संविधान जारी भएर दुईवटा आवधिक निर्वाचन भइसक्यो । अझै पनि काठमाडौँ ३५ कहाँबाट सिर्जना भयो । हुँदै नभएको बजेट सिर्जना गरेर बजेट विनियोजन भएको कुरा मलाई चित्त बुझेन ।’
सरकारले यस्ता विषयमा प्रिन्ट मिस्टेक भन्दै पन्छिन नपाउने उनको भनाइ छ ।
‘आज बजेटको सवालमा प्रिन्ट मिस्टेक भन्नुहोला,’ उनले भनिन्, ‘भोलि एउटा कानुन पनि प्रिन्ट मिस्टेकै भएर आउला । डर छ, भोलि अदालतको फैसला पनि प्रिन्ट मिस्टेक भएर आउला । यसरी प्रिन्ट मिस्टेक भन्ने गैर जिम्मेवार शब्दहरू सरकारले प्रयोग गर्न मिल्दैन जस्तो लाग्छ ।’
उनले सरकारलाई यस्ता विषयमा जिम्मेवार रहन पनि अनुरोध गरिन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया