सांसद सुमना श्रेष्ठको प्रश्नः जबसम्म प्रश्न बुझिँदैन उत्तर के दिने ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा हरेक भाषामा लाखौं विद्यार्थी पढे पनि परीक्षामा अङ्ग्रेजीमा मात्रै प्रश्न सोध्ने गरेको गुनासो पोखेकी छिन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले त्यसो भनेकी हुन् । उनले भनिन्, ‘ नेपाली विषयमा पढाइएपनि प्रश्न अङ्ग्रेजीमा मात्रै आउँछ । हजारौं विद्यार्थीहरू प्रश्न नबुझेर उत्तर लेख्न सक्दैनन् र फेल हुन्छन् । हाम्रा लाखौँ विद्यार्थीहरू सरकारी स्कुलमा पढ्छन् जहाँ अङ्ग्रेजी पनि नेपाली विषयमा पढाइन्छ ।’
उनले थपिन्, ‘कुनै पनि विद्यार्थीलाई उसले पढाइको माध्यम नै नबनाएको विषयमा पारङ्गत नभएका कारण अज्ञानी साबित गराउन पाईंदैन । विद्यार्थीले जुन विषयमा पढेका छन् सोही भाषामा प्रश्न पाउने वातावरण मिलाऔँ । यो गाह्रो काम होइन । प्रश्नपत्रमा अङ्ग्रेजी, नेपाली दुवै भाषमा लेखिदिए पुग्छ ।’
‘अङ्ग्रेजीमा पढ्नेले अङ्ग्रेजीमा र नेपालीमा पढ्नेले नेपालीमा लेख्न पाउनुप¥यो । यो कहिलेसम्म गर्नुहुन्छ ?’ , उनले सदनमा प्रश्न गरिन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया