बजेट पुस्तिकामा प्रदेशको नाम सच्याउन सभामुखको निर्देशन

काठमाडौँ– सभामुख देवराज घिमिरेले बजेट पुस्तिकाहरूमा प्रदेशको नाम राख्न सरकारलाई निर्देशन दिएका छन् । दलका प्रतिनिधिसँग छलफल गरेपछि पुनः सुरु भएको संसद् बैठकमा सभामुख घिमिरेले मन्त्रालयगत कार्यक्रम समावेश पुस्तिकामा प्रदेशको नाम राख्न निर्देशन दिए । समाभुखको निर्देशनसँगै स्थगित बैठक फेरि सुरु भएको छ ।
उनले प्रदेशहरूको नाम प्रदेशसभाबाट पारित भएकाले नाम उल्लेख गर्नुपर्ने बताए ।
शहरी विकास मन्त्रालयको पुस्तिकामा लुम्बिनी प्रदेशको नाम समावेश नभएपछि एमालेले नियमापत्ति गरेको थियो । एमालेले नसच्याउँदासम्म बैठक अगाडि बढ्न नदिने अडान लियो । त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया