बैंकलाई ब्याजदर घटाउन सांसद चौधरीको माग

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) सांसद मेटमणि चौधरीले सरकारसँग बैंकको ब्याजदर तत्काल घटाउन माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एकीकृत समाजवादीका प्रमुख सचेतकसमेत रहेका चौधरीले मुलुकको अर्थतन्त्रलाई ठीक अवस्थामा ल्याउन बैंक ब्याजदर तत्काल घटाउनुपर्ने बताए ।
‘हामी निक्षेप बढेको छ भनिरहेका छौँ । तर, कर्जा प्रवाह कम छ । यसको एउटा कारण लगानीको वातावरण बन्न नसक्नु हो । दोस्रो, हामीले थोरै ब्याजदर बनाउन सकिरहेका छैनौँ,’ उनले भने, ‘माननीय अर्थमन्त्रीज्यू तपाईं यसमा गम्भीर हुनुस् । यदि तपाईंले ब्याजदर घटाउन सक्नुभएन भने फाइनान्सियल सेक्टरलाई हराभरा बनाउन सक्नुहुन्न । त्यसैले, बैंक ब्याजदर घटाउनुस् ।’
मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल चलिरहेको छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया