राष्ट्रिय साइबर सुरक्षा नीति तर्जुमाको प्रक्रियामा : मन्त्री शर्मा

काठमाडाैँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षासँग सम्बन्धित विषयहरू एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति तर्जुमाको प्रक्रियामा रहेको बताएकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमाआफ्नो मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले हाल चौबीस घण्टा सञ्चालन भइरहेको साइबर सुरक्षा सञ्चालन केन्द्रलाई प्रभावकारी बनाउँदै साइबर सुरक्षा रेस्पोन्स टिम गठन गरी साइबर जोखिमको पूर्वानुमान र जोखिम न्यूनीकरणलाई थप प्रभावकारी बनाइने समेत बताइन् ।
उनले विद्युतीय तथ्याङ्कहरूको सुरक्षा, भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्याङ्क सुरक्षा नीति तर्जुमा गरिने जानकारी दिइन् । मन्त्री शर्माले सूचना तथा सञ्चारको पहुँच वृद्धि गर्ने उद्देश्यले सुरु गरिएको ब्रोडव्याण्ड इन्टरनेट सेवा सबै स्थानीय तहका केन्द्रमा पुगेको बताइन् । त्यस्तै सबै वडा तहमा गुणस्तरीय इन्टरनेट सेवा पुर्याउने लक्ष्य लिइएको उनको भनाइ छ ।
त्यस्तै आफ्नो मन्त्रालयको बजेटमाथिको छलफलमा आएका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाले सडक सञ्जालको विस्तारलाई पहिलो प्राथमिकतामा राखिएको बताए । पूर्व तयारी सम्पन्न भएका आयोजनालाई मात्रै अगाडि बढाउने जानकारी दिँदै उनले आगामी आ.व का लागि मन्त्रालयको बजेट ठूलो मात्रामा कटौती भएको जानकारी दिइन् । उनले कर्णाली क्षेत्रको विकासका लागि आयोजना निर्माणलाई बजेटमा प्राथमिकताका साथ राखिएको बताइन् ।
उनले विकास निर्माणसँग ऐन कानुन परिमार्जन गरी विकास मैत्री कानुन बनाउन, बजेट निर्माण प्रक्रिया पारदर्शी तथा समावेशी बनाउन मन्त्रालय केन्द्रित रहेको जिकिर गरिन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया