शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

असारे विकासलाई अन्त्य गर्नुपर्छ : सांसद सिंह

काठमाडौँ- प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०८० काे सैद्धान्तिक विषयमा छलफलमा भाग लिँदै प्रतिनिधि सभा सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका हुन् ।

उनले असार महिना लागेपछि काम नभएको ठाउँमा पनि रकम भुक्तानी हुने गरेको भन्दै यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने जिकिर गरे । उनले देश विकासको बाधक नै असारे विकास प्रवृत्ति रहेको उल्लेख गरे ।

उनले भने, ‘साधारण खर्च र पुँजीगत खर्चको जबसम्म डिफरेन्सेस कम हुँदैन । तबसम्म देश विकास हुँदैन । त्यसमा पनि पुँजीगत खर्चमा के हुन्छ भने मन्त्रालयले पैसामा कुर्लि मारेर बसेको हुन्छ । जब असार आउँछ रातारात काम नै नभएको बिल पेमेन्ट हुन थाल्छ । हरेक होटलहरू प्याक हुन थाल्छ । यो प्रवृत्ति कसरी खपत गर्ने ? देश विकासको सबभन्दा बाधक के हुन्छ भने असारे विकास । असारमा आउन बित्तिकै विकासको मुल फुट्न थाल्छ र चेक काट्न थाल्छ । त्यस कारणले अरु आर्थिक वर्षदेखि वैशाखभन्दा उता चेक नकाट्ने प्रवृत्ति बन्नुपर्छ । किनकि असारमा वर्षा सुरु भइसक्छ । त्यस कारणले असारे विकासलाई कसरी अन्त्य गर्ने त्यो पनि सोच्नुपर्छ ।’

सांसद सिंहले असारे विकासलाई रोक्न वैशाख महिनाभन्दा पछि चेक काट्न नदिने व्यवस्था गर्नुपर्ने बताए ।