जनस्तरमा वित्तीय साक्षरता बढाउनुपर्छ : सांसद श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले जनस्तरमा वित्तीय साक्षरता बढाउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठले वित्तीय शिक्षामा सुधार गर्नुपर्ने बताएका हुन् ।
उनले जनस्तरमा वित्तीय साक्षरता बढाउनुपर्नेमा जोड दिए । यसका लागि जनचेतना बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले भने, ‘स्थापित राजनीतिक दलकै नेताहरूको संरक्षणमा मिटरब्याज चलिरहेको भन्ने छ । म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । प्रहरीको उच्च पदस्थ कर्मचारीहरूकै संलग्नता छ भन्ने बजारमा सुन्छौँ । यसका लागि वित्तीय शिक्षामा हामीले सुधार गर्नुपर्छ जस्तो लाग्छ । वित्तीय साक्षरता बढाउनुपर्छ जस्तो लाग्छ । वित्तीय पहुँचको जनचेतना पनि आवश्यक छ । किसान उद्यमीहरूको पहुँच पुगिरहेको छैन । शिक्षामा ध्यान दिनुपर्छ । कारबाही मात्र समाजलाई सुधार्ने सूचकांक होइन । उत्पादनमा आधारित सहज कर्जा प्रवर्द्धन गर्न पनि हामीले नीति ल्याउन सक्नुपर्छ ।’
सांसद श्रेष्ठले उत्पादनमा आधारित सहज कर्जा प्रवर्द्धनका लागि नीति ल्याउनुपर्ने बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया