सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग

काठमाडौँ- राष्ट्रिय सभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट मापदण्ड हुनुपर्ने उनको भनाइ थियो । मंगलबार राष्ट्रिय सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शेर्पाले हेलिकप्टरबाट दोस्रो क्याम्पमा पुगेकाहरूलाई पनि सगरमाथा चढेको मान्यता दिने गरेको भन्दै आपत्ति समेत जनाए ।
उनले पर्यटकहरूकै कारण हिमाली क्षेत्रको वातावरण प्रदूषित हुन पुगेको उल्लेख गर्दै त्यस्तो हुन नदिन पनि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
सांसद शेर्पाले पर्यटनले विकासमात्रै नभई विध्वंश पनि निम्त्याउन सक्छ भन्ने मान्यतालाई आत्मसात गरेर पर्यटन नीति ल्याउन पनि सरकारलाई सुझाव दिए । उनले भने, ‘आज सगरमाथालगायत विभिन्न हिमालको आधार शिविरमा जानुहोस् । त्यहाँ सिजनल टुरिष्ट बस्दाखेरी कति प्रदूषण भएको छ । त्यसतर्फ सरकार गम्भीर छ कि छैन त ? सरकारले त्यो बेसक्याम्प कसरी बस्ने भनेर मापदण्ड बनाएको छ कि छैन ? म त केही पनि देख्दिनँ । पर्यटन खाली विकास मात्रै गर्ने होइन, विध्वंश पनि ल्याउन सक्छ । त्यसलाई ध्यानमा राखेर सरकारले पर्यटन नीति बनाउनु पर्छ भन्ने धारणा राख्न चाहन्छु ।’
सांसद शेर्पाले पर्यटन क्षेत्रको विकासका लागि सरकारले गुरुयोजना नै तय गर्नुपर्ने पनि पटकपटक दोहोर्याए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया