'राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई सरकारले कडा कारबाही गर्नुपर्छ'

काठमाडौँ- राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले राष्ट्रिय गौरवको आयोजनाहरू समयमै सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेकी छिन् ।
मंगलबार राष्ट्रिय सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो माग गरेकी हुन् ।
सांसद देवकोटाले समयमै सम्पन्न नगर्ने हो भने राष्ट्रिय गौरवका आयोजनाहरूको नामकरण नगर्न पनि सरकारलाई सचेत गराइन् । उनले राष्ट्रिय गौरवका आयोजनाहरूमा चरम भ्रष्टाचार मौलाएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न पनि सरकारलाई गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याइन् ।
सांसद देवकाटाले निर्माणाधीन सडक आयोजनाहरूका लागि आवश्यक बजेटको व्यवस्था नगरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरिन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया