प्रधानमन्त्री दाहालले सदनमार्फत आफ्ना भनाइ फिर्ता लिनुपर्छ : इन्दिरादेवी गौतम

काठमाडौँ- राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले राष्ट्रिय स्वाभिमानमा आँच आउने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको जवाफ माग गरेकी छिन् ।
राष्ट्रिय सभाको मंगलबारको बैठकको शून्य समयमा गौतमले आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको भन्दै व्यक्ति विशेषलाई इङ्गीत गर्दै दिएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा आँच आउने भन्दै प्रधानमन्त्रीले बैठकमा आएर जवाफ दिनुपर्ने माग गरिन् । उनले प्रधानमन्त्रीको अभिव्यक्ति स्वतन्त्र , सार्वभौम सम्पन्न स्वाभिमानी नेपालीका लागि गम्भीर आपत्तिजनक रहेको धारणा राखिन् ।
मुलुकको स्वतन्त्रता र सार्वभौमिकतालाई जोगाउन धेरै नेपालीहरूले जीवन आहुती दिएको कुरा प्रधानमन्त्रीले बुझ्नुपर्ने उनले बताइन् । उनले प्रधानमन्त्रीले सदनमार्फत आफ्ना भनाइ फिर्ता लिनुपर्ने उल्लेख गरिन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया