शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

बजेटप्रति सांसद राईको टिप्पणी : 'जसले हान्यो त्यसले जान्यो’ झैं भएको छ

काठमाडौँ- राष्ट्रिय सभा सदस्य रामचन्द्र राईले आर्थिक वर्ष २०८०/८१ को बजेट ‘जसले हान्यो त्यसले जान्यो’ भन्ने भनाइलाई सार्थक बनाउने गरी आएको बताएका छन् ।

मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य राईले आ.व. २०८०/८१ को बजेट मनमौजी तरिकाले आएको बताए । उनले डडेलधुरा, गोरखा र नुवाकोट जिल्लामा मात्रै बजेटको ४५ प्रतिशत रकम विनियोजन गरिएको बताए । त्यस्तै बजेटले समन्यायिक विकासलाई आत्मसात गर्न नसकेको बताए ।

राईले आदिवासी, जातजातिको क्षेत्रमा पनि बजेटले कुनै चासो नदेखाएको बताए । उनले बजेटमार्फत नेपालमा भएका भौतिक र अभौतिक सम्पदाहरूलाई संरक्षण तथा सम्वर्द्धन गर्ने कुरामा पनि चासो नदेखाएको उल्लेख गरे ।