प्रहरीको गोली लागेर घाइते युवकको मृत्यु

बुटवलः पश्चिम नवलपरासीमा शसस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । नवलपरासी पश्चिममा भएको तनावमा प्रहरीको गोली लागेर घाइते भएका प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले पुष्टि गरे । उनकाअनुसार जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल ल्याइएको थियो । अस्पताल पुर्याएलगत्तै उनलाई मृत घोषणा गरिएको हो।
मृतक अविनाश राजभर
भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । ५०/६० जनाको समूहमा आएका स्थानीयहरूले सशस्त्रमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको थियो । झडपका क्रममा प्रहरीले गोली चलाएको थियो ।
यो पनि
भारत जान जबरजस्ती गरेपछि पश्चिम नवलपरासीमा गोली चल्यो

रुपन्देहीमा चट्याङ लागेर यादवको मृत्यु

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बजेट अभावमा विद्यालय भवन अधुरो

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

प्रतिक्रिया