भारत र वेस्ट इन्डिजको विश्व टेस्ट च्याम्पियनसीपको यात्रा आजबाट सुरु हुँदै

काठमाडौँ- दुई पटक उपविजेता भईसकेको भारतले आजबाट सन् २०२३-२५ विश्व टेस्ट च्याम्पियनसीपको यात्रा सुरु गर्दैछ ।
च्याम्पियनसीपअन्तर्गत भारतले वेस्ट इन्डिजविरुद्ध दुई टेस्ट खेल खेल्दैछ । भारत र वेस्ट इन्डिजबीचको पहिलो खेल डोमिनिकामा आजबाट सुरु हुँदैछ ।
यी दुई टोलीबीचको दोस्रो खेल ट्रिनिडाडमा जुलाई २० देखि जुलाई २४ सम्म हुने तालिका रहको छ ।
भारत टेस्ट च्याम्पियनसीपको अघिल्ला दुवै संस्करणमा फाइनलमा पुगेको थियो । तर दुवै खेलमा पराजित भएको थियो ।
सन् २०२१ को फाइनलमा न्युजिल्यान्डसँग र सन् २०२३ को फाइनलमा अस्ट्रेलियासँग पराजित हुँदै भारत उपाधिविहिन बन्न पुग्यो ।
भारतसँगै वेस्ट इन्डिजको पनि आजबाट सन् २०२३-२५ विश्व टेस्ट च्याम्पियनसीपको यात्रा सुरु हुँदैछ । वेस्ट इन्डिज अघिल्ला दुवै संस्करणमा आठौँ स्थानमा रहेको थियो ।
टेस्ट क्रिकेटको हेड-टू-हेडमा भारतमाथि वेस्ट इन्डिज हावी भएको इतिहास छ । समग्रमा यी दुई टोलीबीच ९८ खेल हुँदा वेस्ट इन्डिजले ३० खेल जित्दा भारत केवल २२ खेलमा विजयी भएको छ । ४६ वटा खेल भने बराबरीमा टुंगिएको छ ।
वेस्ट इन्डिजले पछिल्लो पटक मे २००२ मा भारतविरुद्ध जित दर्ता गरेको थियो । त्यसयता वेस्ट इन्डिजले भारतविरुद्ध जित हात पार्न सकेको छैन ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया