अश्विन बने बाबु-छोरालाई आउट गर्ने पहिलो भारतीय बलर

काठमाडौँ- भारतीय अफ स्पिनर रविचन्द्रन अश्विन आफ्नो टेस्ट करियरमा बाबु छोरालाई आउट गर्ने पहिलो भारतीय बलर बनेका छन् ।
अश्विनले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको पहिलो दिन ट्यागेनारिन चन्द्रपललाई आउट गरेर आफ्नो उत्कृष्ट टेस्ट करियरमा बाबु र छोरा दुवैको विकेट लिने दुर्लभ उपलब्धि हासिल गरे ।
सन् २०११ मा नयाँ दिल्लीमा टेष्ट डेब्यू गरेका अश्विनले टेस्ट क्रिकेटमा पहिले टेगेनराइनका पिता शिवनारायण चन्द्रपललाई आउट गरेका थिए । अश्विनले खेलमा ७ सय अन्तर्राष्ट्रिय विकेट पनि पूरा गरे ।
अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्क र दक्षिण अफ्रिकाका अफ स्पिनर साइमन हार्मरले पनि शिवनारायण र टगेनाराइनलाई आउट गरेका थिए ।
जारी भारत र वेस्ट इन्डिजबीचको पहिलो खेल डोमिनिकामा भईरहेको छ । टस जितेर ब्याटिङमा उत्रेको वेस्ट इन्डिजले पहिलो इनिङ्समा केवल १५० रन मात्र बनाउन सक्यो ।
त्यसपछि ब्याटिङमा उत्रेको भारतले कु्नै विकेट नगुमाई २३ ओभरमा ८० रन जोडिसकेको छ । टेस्ट डेब्यू गरेका यशस्वी जैसवाल ४० रन र कप्तान रोहित शर्मा ३० रन बनाएर क्रिजमा छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया