औंलाको घाउ निको पार्ने महिला समर्थकको खोजीमा मोइन अली

काठमाडौँ- इंग्ल्यान्डका स्पिनर मोइन अली एशेज सिरिजअन्तर्गत बलिङ गर्न कठिनाइ भइरहेको समयमा औँलाको घाउ ठिक पार्न सहयोग गर्ने समर्थकको खोजी गरिरहेका छन् ।
अस्ट्रेलियाविरुद्धको एशेज टेस्ट सिरिजको सुरुवातमा बलिङ गर्न समस्या हुँदा एक समर्थकले आफ्नो औँलाको घाउ निको पार्न सहयोग गरेको अलीले खुलासा गरेको बीबीसीले जनाएको छ ।
३६ वर्षीय अलीका अनुसार काटिएको औँलालाई ठिक पार्न एक क्रिकेट समर्थकले आफूलाई महबाट बनेको औधषी दिएको तथा उक्त औषधीले आफ्नो औँलाको घाउ निको भएको बताए ।
अलीका अनुसार उनले प्राप्त गरेको सक्कली चिठ्ठी हराएको तथा आफूलाई सहयोग गर्ने महिलालाई धन्यवाद दिन चिठ्ठी लेख्न खोजेको समेत जनाए ।
उनले उक्त महिलालाई आफूलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।
सन्यास फिर्ता लिएर अस्ट्रेलियाविरुद्ध टेस्ट खेलिरहेका अलीले पहिलो खेलको अन्तिम दिन औँलामा घाउ भएपछि बलिङ गर्न पाएका थिएनन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया