एक दसकमा पहिलो पटक अस्ट्रेलियाले हार्यो एकदिवसीय सिरिज

काठमाडौँ- अस्ट्रेलिया एक दसकमा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पराजित भएको छ । महिला एशेज सिरिजको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध ६९ रनको पराजय भोगेसँग सिरिज गुमाएको हो ।
इंग्ल्यान्डले सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो । अस्ट्रेलियाले सन् २०१३ पछि पहिलोपटक घरेलु मैदान बाहिर एकदिवसीय सिरिज गुमाएको हो ।
अन्तिम एकदिवसीय खेलमा इंग्ल्यान्डले पहिले ब्याटिङ गरेर निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन जोडेको थियो । तर वर्षाका कारण खेल प्रभावित बनेपछि विश्व च्याम्पियन अस्ट्रेलियाले डिएल मेथडका आधारमा ४४ ओभरमा २ सय ६९ रनको लक्ष्य पाएको थियो ।
तर जवाफी ब्याटिङमा उत्रेको अस्ट्रेलियाले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९९ रनमा समेटियो । टेस्ट सिरिज १-० जितेको अस्ट्रेलियाले टी-ट्वान्टी सिरिजमा २-१ र एकदिवसीय सिरिजमा २-१ ले पराजित भयो ।
यसैसँग एशेज सिरिज ८–८ को बराबरीमा सकिएको छ । ६-० को अग्रता लिएको अस्ट्रेलियाले एशेज सिरिज जित्न भने सकेन ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया