मलेसियन बलरले कायम गरे विश्व कीर्तिमान

काठमाडौँ- मलेसियाका बलर स्याजरुल इजातले पुरुषको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका छन् ।
स्याजरुलले टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलको एकै इनिङ्समा ७ विकेट हात पार्दा केवल ८ रन खर्चिएका हुन् ।
आईसीसी २०२४ टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोट ‘बी’ अन्तर्गत चीनविरुद्ध उनले एक्लै ७ विकेट हात पारे ।
मलेसियामा भएको खेलमा उनले ४ ओभर बलिङ गर्दा एक मेडन ओभर गरेका थिए ।
जसका कारण चीन ११ ओभर २ बलमा २३ रनमै समेटिएको थियो ।
यसअघि १२ खेलाडीले एकै इनिङ्समा ६-६ विकेट हात पारेका थिए । ७ विकेट लिने स्याजरुल पहिलो बलर हुन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया