क्रिकेट विश्वकपः भारत र पाकिस्तानबीचको खेल तोकिएको दिन नहुने सम्भावना

काठमाडौँ- भारतमा यसै वर्ष हुने एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीचको खेल तोकिएको दिन नहुने सम्भावना बढेको छ ।
अक्टोबर १५ मा गुजरातको अहमदाबादमा हुने भनिएको खेल नवरात्रीको पहिलो दिन परेको छ ।
तर गुजरातको सुरक्षा एजेन्सीहरूले भारत र पाकिस्तानबीचको खेल सार्न बीसीसीआईलाई सल्लाह दिएको इंडियन एक्सप्रेसले जनाएको छ ।
नवरात्रीको पहिलो दिन गुजरातमा ठूलो सहभागिताका साथ रातको समयमा गरबा मनाइने गरिन्छ । जसका कारण सुरक्षा चुनौती थपिने गरिएको छ ।
आईसीसीले गत महिना सार्वजनिक गरेको विश्वकपको तालिकामा करिब १ लाख क्षमताको नरेन्द्र मोदी स्टेडियममा चार उत्कृष्ट खेलहरू छन् ।
उक्त स्टेडियममा साविक विजेता इङ्गल्याण्ड र न्यूजिल्याण्डबीचको उद्घाटन खेलसँगै भारत र पाकिस्तान, इंग्ल्याण्ड र अष्ट्रेलिया तथा विश्वकपको फाइनल हुने तालिका छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया