श्रीलंकाको ब्लुमफिल्डविरुद्ध नेपाल १९७ रनमै अलआउट

काठमाडौँ- श्रीलंकामा रहेको नेपाली क्रिकेट टिम श्रीलंकाको स्थानीय क्लब ब्लुमफिल्डविरुद्ध १ सय ९७ रनमै अलआउट भएको छ ।
ब्लुमफिल्ड क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४३ ओभर ४ बलमा सबै विकेट गुमाउन पुग्यो । खेल ४५ ओभरमा सिमित गरिएको छ।
नेपालका लागि अर्जुन साउदले सर्वाधिक ७९ रन बनाए । सन्दीप जोराले ३१, देव खनालले २२, प्रतिश जिसीले १६ तथा करण केसी र सोमपाल कामीले समान ११-११ रन बनाए । पवन सर्राफले १० रन जोडे ।
ब्लुमफिल्डका लागि मलिन्डा परेरा, दिनेश सामाराविरा, निमेश थारीडु र ए वानिनायाकेले २-२ विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया