पीएनजी क्रिकेट विश्वकपका लागि छनोट

काठमाडौँ- पपुवा न्यूगिनी (पीएनजी) आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि छनोट भएको छ ।
इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आज भएको खेलमा फिलिपिन्सलाई एक सय रनले पराजित गर्दै पीएनजी २०२४ मा आयोजना हुने विश्वकपका लागि छनोट भएको हो ।
चार टिमको सहभागिता रहेको छनोटअन्तर्गत पीएनजी एक खेलअगावै विश्वकपका लागि छनोट भएको हो । पीएनजीले खेलेका पाँचवटै खेलमा जित हात पारेको छ ।
पीएनजीले जापान, भानुअटु र फिलिपिन्सलाई पछि पार्दै विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया