दर्शकलाई कार्डी बीको माइकको झटारो !

लसएन्जल्स - गायिका कार्डी बीले दर्शकलाई माइक हानेको भिडियो क्लिप्स यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । अझ यो क्लिप्सलाई कार्डी बीले आफैँ ट्वीट गरेपछि त झन् भाइरल हुने नै भयो । भिडियो क्लिप्समा कार्डी बीले दर्शकलाई माइकले हिर्काएको देखिएको छ ।
कार्डी बीले आफैँ क्लिप्स सेयर गरेपछि घटना सत्य हो भन्ने कुरामा कुनै दुविधा रहेन । तर कार्डी बीले माइक हिर्काउनु भन्दा अगाडि एउटा घटना घटेको रहेछ । कार्डी बीले स्टेजमा गीत गाइरहँदा दर्शकदीर्घामा रहेको कसैले कार्डी बीको मुख ताकेर पानीले हानेको देखिन्छ । जवाफमा गायिकाले पनि पानी छेप्ने मान्छेलाई माइकले हिर्काएकी छिन् ।
बाहिरतिर गायिका र दर्शकबीच यस्तो हानाहान चलिरहन्छ । यसअघि पनि कार्डी बीलाई दर्शकले चिढ्याउने गरेका थिए । तर यस्तो बेलामा उनले ब्रेक लिने र शान्त भएपछि फर्केर आएर पर्फम दिने गरेकी थिइन् । तर यो पटक भने उनले रिस थाम्न नसकेर माइकले सिधै हिर्काएकी थिइन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया