मोबाइलमा सारुकको सुसाइड नोट : अरु कसैलाई ब्लेम नगर्नु

काठमाडौँ - अभिनेता सारुक ताम्राकारको सुसाइड नोट फेला परेको छ । उनको आत्महत्यालाई लिएर अनेक अनुमान चलिरहेका बेला प्रहरीले मोबाइलमा सुसाइड नोट भेटिएको जानकारी गराउँदै नोटमा उनले सारा दोष आफ्नो भएको र अरु कसैलाई दुःख नदिन आग्रह गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले बताए अनुसार नोटमा ‘पुलिसहरू डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो । सो सकियो । मेक मि रेस्ट इन पीस, धन्यवाद ।’ लेखिएको छ।
प्रहरीका अनुसार सारुकले आमालाई सम्बोधन गर्दै ‘अर्को जुनीमा तपाईंकै छोरा भएर जन्मिन पाउँ’ भनेर लेखेका छन् । सुसाइड नोटमा उनले थुप्रै साथीहरुलाई सम्झिएको पनि प्रहरीले जानकारी गराएको छ ।
सारुकले असार २१ गते आफ्नै निवासमा झुन्डिएर आत्महत्या गरेका थिए । आत्महत्यापछि उनको मृत्युको छानबिनका लागि सारुक निकट कलाकारले सामाजिक सञ्जालमा आवाज उठाएका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया