‘रंगेली ग्याङस्टर’मा थपिए दया र प्रविन, फेरि पर्दामा दया र मिरुनाको जोडी

काठमाडौँ - दयाहाङ राई बिना निर्माता\निर्देशक फिल्म बनाउने कल्पनै गर्न छाडेका छन् । सुटिङ भइरहेका र सुटिङ हुन बाँकी रहेका गरी दया अर्को सालसम्मलाई प्याक छन् तर निर्माता\निर्देशकले उनलाई पछ्याउन छाडेका छैनन् ।
दया अहिले ‘हात्तीछाप’को सुटिङ गरिरहेका छन् जबकि दीपक रौनियार ‘राजागञ्ज’का लागि उनको बाटो कुरिरहेका छन् । यसपछि दयाले रामबाबु गुरुङका लागि समय छुट्याएका छन् । यसपछिको समय उनले ‘कार्साङ’का लागि छुट्याएका छन् । तर यही बीचमा उनले अर्जुन सुवेदीको निर्देशन रहने ‘रंगेली ग्याङस्टर’ पनि खेल्ने सम्झौता गरेका छन् ।
कार्यकारी निर्माता जितेन्द्र खतिवडाले फिल्मका लागि दयाहाङसँगै प्रविन खतिवडालाई अनुबन्ध गरेको जानकारी गराए । यो फिल्मका लागि अर्पण थापा र मिरुना मगर पहिले नै फाइनल भइसकेका थिए । फिल्ममा दयाको प्रवेशसँगै यो फिल्ममा पनि दया र मिरुनाको जोडी रहने बताइएको छ ।
‘जारी’को सफलतापछि दया र मिरुनाको जोडी बजारमा डिमान्डेड छ । मोरङको रंगेलीमा सुटिङ हुने फिल्मका लागि बाँकी कलाकार निर्माण टिमले शनिबार अडिसनमार्फत छान्दैछ । शनिबार इटहरीमा फिल्मका बाँकी कलाकारका लागि अडिसन हुँदैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया