ओएमजी-२ मा शिवलाई कचोरी किनेको देखाए पछि महाकालका पुजारीको आपत्ति

मुम्बई- अक्षयकुमार अभिनित चलचित्र ओएमजी २ को दर्शकहरूले निकै प्रतिक्षा गरिरहेका छन् ।
प्रर्दशनमा आउनु अघि नै अनेक बिबाद र लफडामा परेका ओएमजी २ माथी फेरी अर्को संकट आईपर्ने देखिएको छ ।
हालै नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धार्मिक भ्रमणमा गएको उज्जैनको महाकाल मन्दिरका पुजारीले ओएमजी–२ फिल्मका निर्मातालाई कानुनी नोटिस पठाएका छन् ।
फिल्ममा भगवान शिवको रूप गलत देखाइएको उनीहरुको भनाइ छ । उनी पसलबाट कचोरी किनेको देखाइएको छ । यसले भक्तजनको भावनामा ठेस पुग्छ । नोटिसमा अपमानजनक दृश्य हटाउन र सार्वजनिक माफी माग्न उक्त मन्दिरका पुजारीले ओएमजीका निर्माता र निर्देशकलाई भनेका छन् ।
त्यसै त ओएमजी २ लाई सेन्सर बोर्डले ए सर्टिफिकेट दिएको छ । अर्थात् १८ वर्ष मुनिका व्यक्तिले यसलाई हेर्न पाउने छैनन् । यसबारे महाकाल मन्दिरका पुजारीहरु यस फिल्ममा अश्लिल दृश्यहरु रहेको बताउएका छन ।
महाकाल मन्दिरका पुजारीले सो फिल्मलमा भगवान शिव सबन्धी कुनै अश्लिल दृश्य देखिए देशैभर प्रदर्शन गर्न नदिने तथा एफआइआर पनि दर्ता गर्ने चेतावनी दिएका छन् ।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_WPQSq9fQ4S_m2ppmqjil2vrzo2fzry4z5gxanoknphhrba0lzugidrr32buencajbtgdmtz.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

प्रतिक्रिया