एसिया कप : काे-काे छन् नेपाल र भारतसँग खेल्ने पाकिस्तानको टोलीमा ?
काठमाडौं– पाकिस्तानले एसिया कप अन्तर्गत भारत र पाकिस्तानसँग खेल्ने राष्ट्रिय टिमको घोषणा गरेको छ । एसिया कपका पाकिस्तानले लागि १७ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको हो ।
एसिया कपको समूह ’ए’ मा पाकिस्तानसँगै नेपाल र भारत छन्। सो प्रतियोगिता अन्तर्गत नेपालले पाकिस्तानसँग अगस्ट १० मा खेल्दैछ । नेपालले भारतविरुद्ध सेप्टेम्बर ४ मा खेल्न लागेको हो । पहिलो खेल पाकिस्तानमै खेल्ने नेपालले भारतसँगको खेल श्रीलंकामा खेल्नेछ ।
एसिया कपको आयोजक पाकिस्तान हो । तर प्रतियोगिताका धेरै खेलहरु श्रीलंकामा हुँदैछ । पाकिस्तान र भारतबीचको राजनीतिक तनावका कारण खेल श्रीलंकामा पनि राखिएको हो ।भारतले एसिया कप पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो । त्यसैकारण प्रतिया्गिताका खेलहरु श्रीलंकामा पनि राखिएको हो ।
तीन–तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७ मा हुनेछ।
यस्तो छ पाकिस्तानी टोली
अब्दुल्ला शफिक, फखर जमान, इमाम–उल–हक, बाबर आजम (कप्तान), सलमान अली आगा, इफ्तिखर अहमद, तय्यब ताहिर, मोहम्मद रिजवान, मोहम्मद हरिस, शादाब खान (उपकप्तान), मोहम्मद नवाज, उसमा मीर, फहीम अशरफ, हरिस रउफ, मोहम्मद वासिम जुनियर, नसीम शाह, शाहीन अफ्रिदी।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया