जनकको ‘घर ज्वाईँ’मा पनि दया र मिरुनाको जोडी

काठमाडौँ - ‘जारी’ सफलताको प्रभावले निर्माताहरू दयाहाङ राई र मिरुना मगरको जोडी बनाएर फिल्म बनाउन उत्सुक देखिएका छन् । ‘जारी’पछि दया र मिरुनाको जोडी ‘नांगो गाउँ’मा आउँदैछ भने भदौको तेस्रो सातादेखि फ्लोरमा जाने तयारीमा रहेको ‘रंगेल ग्याङस्टर’मा पनि यही जोडी दोहोरिनेछ ।
यही बीचमा पहिलो पल्ट फिल्म निर्माणमा हाम्फाल्न लागेका जनकघर्ती मगरले पनि दया र मिरुनाको जोडी जुराएका छन् । दया पहिले नै फिल्ममा अनुबन्ध भइसकेको फिल्ममा जनकले दुई दिनअघि मिरुनालाई पनि भित्र्याएका छन् ।
जनकले शुक्रबार मिरुनालाई फिल्ममा अनुबन्ध गरिएको जानकारी गराएका छन् । ‘दया र मिरुनाबाहेक बुद्धि तामाङ र शिशिर वाङ्देल पनि फिल्ममा फाइनल हुनु भएको छ । अब फिल्मको मुख्य कलाकार लगभग फाइनल भएको छ । अब प्रिप्रडक्सनको काम सुरु गछौँँ’ जनकले भने । यो फिल्मलाई अनिल मगरले निर्देशन गर्नेछन् । फिल्मको सुटिङ भने माघबाट गर्ने निर्माण टिमको तयारी छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया