‘टाइटानिक’मा केटले लगाएको कोट लिलामीमा

लसएन्जल्स - ‘टाइटानिक’मा अभिनेत्री केट विन्स्लेटले लगाएको ओभरकोट लिलामीमा राखिने भएको छ । फिल्मभित्र जहाज डुब्नुअघि केटले लगाएको गुलाबी रङको कोट लिलामीमा राखिने भएको हो । लिलामीमा यसले कम्तिमा १ लाख डलर पाउने अपेक्षा गरिएको छ ।
गोल्डिन हाउसले यसको लिलामी गर्न लागेको हो र कोट कमसेकम १ लाख डलरमा बिक्री हुने दाबी गरेको छ । लिलामी हाउसका प्रमुख केन गोल्डिनले लिलामीको सूचना सार्वजनिक भएसँगै ५ जना ग्राहक आइसकेको र उनीहरूमध्ये एकले ३४ हजार डलरमा किन्ने इच्छा व्यक्त गरिसकेको बताएका छन् ।
यो कोट डिबोरा लिनले तयार गरेकी हुन् । सन् १९९७ मा रिलिज भएको यो फिल्मबाट उनले कस्ट्युयम विधाको ओस्कार अवार्ड पनि जितेकी थिइन् । गुलाबी उनमा बनेको कोटको अगाडिको भागमा कालो रङको इम्ब्रोइडरी गरिएको छ ।
केनले आफूसँगै लिलामीका लागि रहेका हजार वटा सामानमध्ये केटले लगाएको यो कोट महत्वपूर्ण रहेको बताएका छन् । उनले यो कोट घरमा राख्न अथवा प्रेमिका वा श्रीमतिलाई उपहार दिन उपयुक्त हुने बताएका छन् ।
‘आफ्नो श्रीमतिलाई उपहार दिन वा महिला स्वयंले किनेर पनि लगाउन सक्ने बहुमूल्य सामान हो,’केनको भनाइ छ, ‘ यो लगाएर देख्यौ त यो केट विन्स्लेटले टाइटानिकमा लगाएको कोट हो भन्न पनि कम मज्जा आउँछ जस्तो लाग्दैन ।’ जेम्स क्यामरुन निर्देशित यो फिल्मले ओस्कारमा दस वटा अवार्ड जितेको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया