‘ओएमजी २’ले पनि कमायो सय करोड, सय करोड क्लबमा यामीको ह्याट्रिक

मुम्बई - ‘गदर २’को चपेटामा परेका ‘ओएमजी २’ले पनि बक्स अफिसमा सय करोडको आँकडा पार गरेको छ । सुस्त सुस्त सुरुवात गरेको फिल्मले सोही लय कायम राख्दै दोस्रो हप्तामा सय करोडको आँकडा पार गरेको हो ।
दोस्रो हप्ताको विकेन्डमा २८ करोड थप्दै यो फिल्मले भारतमा मात्र १ सय १३ करोडको व्यापार गरेको हो । यो फिल्मले शुक्रबार ६ करोड, शनिबार १० करोड र आइतबार १२ करोडको व्यापार गरेको थियो ।
उता गदरले भने विकेन्डमा तीन दिनमा थप ९० करोड कमाइ गर्दै कुल कमाइ ३ सय ७५ करोड पुर्याएको छ । ‘ओएमजी २’ले सय करोड कमाएसँगै यामी गौतम अभिनित तेस्रो फिल्म सय करोड क्लबमा प्रवेश गरेको छ । यसअघि यामीको अभिनय रहेको ‘उरी : अ सर्जिकल स्ट्राइक’ र ‘बाला’ले सय करोडको आँकडा छोएका थिए ।
अक्षय कुमारको भने सय कराेड बढी कमाउने फिल्ममा ‘ओएमजी २’ १६ औँ नम्बरमा परेको छ । यसअघि उनी अभिनित १५ फिल्मले यो आँकडा छोएका छन् ।बीचको समयमा यामी गौतमले ओटीटीमा रिलिज हुने फिल्म गरेकी छिन् । यिनमा पनि ‘दसवी’ र ‘अ थस्र्डे’ले ओटीटीमा दर्शकको माया पाएका थिए । ‘ओएमजी २’मा यामी विपक्षी वकिल बनेकी छिन् । उनको भूमिका र अभिनय दुवैलाई लिएर दर्शकले तारिफ गरेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया