तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा परिवर्तन हुन्छ : मन्त्री बस्नेत

पाटन, (ललितपुर)- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्ने बताएका छन् ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० मा भएका विकास निर्माणसम्बन्धी कार्यक्रमको वार्षिक समीक्षामा उनले नेपालको मेडिकल शिक्षा अन्तर्राष्ट्रियस्तरमा राम्रो छ भन्ने सन्देश रहेको बताए । 'नेपालको मेडिकल शिक्षा अत्यन्तै राम्रो छ भनेर अन्तर्राष्ट्रियस्तरमा भनिरहेको अवस्था छ । माल्दिभ्सका मन्त्रीले नेपालमा मेडिकल शिक्षा पढ्ने वातावरण मिलाइदिनुस् भनेर अनुरोध गर्नुभएको छ,' मन्त्री बस्नेतले भने, 'हामीले यहाँ मेडिकल शिक्षा सहजरूपमा दिने वातावरण नमिलाउने हो भने पाँच वर्षपछि डाक्टर र नर्सको अभाव हुन्छ । यो कुरालाई ध्यान दिएर स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने हो । अब तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्छु ।'
मन्त्री बस्नेतले जनप्रतिनिधिहरूले पनि काम गरेको छ है भन्ने गरी जनताले अनुभूति गर्नेगरी काम गर्ने प्रष्ट पारे । उनले अहिले सरकारी अस्पतालमा सेवा राम्रो भएका कारण बिरामीको चाप बढ्न थालेको बताए ।

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिक्रिया