लक्ष्मी गिरी र शिव श्रेष्ठलाई बोर्डको दीर्घ साधना सम्मान

काठमाडौँ - चलचित्र विकास बोर्डले वर्षेनी प्रदान गर्दै आइरहेको दीर्घ साधना सम्मान शिव श्रेष्ठलाई प्रदान गर्ने भएको छ । विकास बोर्डले शुक्रबार दीर्घ साधनासँगै विशिष्ट सम्मान पाउने ३५ जनाको सूची सार्वजनिक गरेको हो । बोर्डले अघिल्लो वर्षका लागि यही सम्मान अभिनेत्री लक्ष्मी गिरीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
तर विकास बोर्डले सूची सार्वजनिक गरेसँगै सम्मानका लागि छानिएका नामलाई लिएर सामाजिक सञ्जालमा असन्तुष्टि चुलिएको छ । बोर्डले सरकारको नियुक्ति पाएकालाई पनि सम्मान गर्ने सूचीमा राखेको र विना मापदण्ड नाम छानिएको भन्दै चलचित्रकर्मीले असन्तुष्टि जनाएका हुन् ।
जस्तो कि निर्देशक ऋषिराज आचार्य र भूपेन्द्र खड्का सरकारले नै नियुक्त गरेको सेन्सर बोर्डका सदस्य हुन् । सम्मान पाउनेको सूचीमा उनीहरूको पनि नाम छ ।
यसैगरी सार्वजनिक सूचीमा महिला चलचित्रकर्मी शिला खोज्नु पर्ने अवस्था छ । ३५ जना सम्मानित हुने सूचीमा ३३ जना पुरुष छन् भने जम्मा दुई जना महिला । यी दुई भाग्यमानीमा एक जना झरना थापा छन् भने अर्की विमला केसी ।
यसैगरी बोर्डले वर्षौँदेखि नेपाली चलचित्रमा योगदान गरिरहेकाले सम्झनु साटो एउटा अवार्ड आयोजना गरेकै भरमा युएई एनआरएनका पूर्व अध्यक्ष ठाकुर प्रसाद ढुंगानालाई सम्मानित गर्ने निर्णय गरेको छ । बोर्डले केही समय पहिले युएईमा विवादास्पद कार्यक्रम गरेको थियो । यही सूचीमा युएईकै फिल्म वितरक रमेश ढकाल पनि छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया