सारुकका पिता कलाकार सानु ताम्राकारको पनि निधन

काठमाडौँ - दिवंगत अभिनेता सारुक ताम्राकारका पिता सानु ताम्राकारको पनि निधन भएको छ । पुत्र वियोगले मर्माहत भएका सानुको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा शनिबार ३.२० मा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले पुष्टि गरेका छन् ।
गत असार २१ गते सानुका एक मात्र छोरा सारुक ताम्राकारले आत्महत्या गरेका थिए । यसको १५ दिनपछि मृगौलामा देखिएको समस्याको उपचारका लागि भन्दै सानु नर्भिक भर्ना भएका थिए । डायलासिसकै क्रममा मृत्यु भएको प्रारम्भिक जानकारी पाएको मोहन निरौलाले बताएका छन् ।
‘मृगौलाको उहाँको समस्या पुरानै थियो तर तीन हप्ताअघि अलि धेरै च्यापेपछि हामीले नै अस्पताल जानुपर्छ भनेर नर्भिक ल्याएका थियौँ । तर उहाँ आज रहनु भएन,’ निरौलाले भने ।
कलाकार संघका कार्यवाहक अध्यक्षसमेत रहेका सानु ताम्राकार कलाकारिताबाहेक पुरानो समयमा जादुगर पनि थिए । उनले यही क्रममा विश्वका धेरै देश भ्रमण गरेका थिए । उनले तीन दर्जन बढी चलचित्रमा चरित्र अभिनेताको रुपमा अभिनय गरेका छन् । उनका रुकमणि ताम्राकार नामकी श्रीमती छन् । सानुले आफ्नो र श्रीमतीको सुरुका अक्षर मिलाएर छोराको नाम सारुक राखेका थिए ।
सानुको भोलि मात्र अन्त्येष्टि गरिने निरौलाले बताएका छन् । भोलि ९ बजे पशुपति परिसरमै श्रद्धाञ्जलीका लागि राखिने र १ घन्टापछि दाह संस्कार गरिने निरौलाले जानकारी दिए ।
उनले ‘जीवन रेखा, बदलिदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, लगायतका फिल्ममा काम गरेका थिए।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया