मानसिक यातना दिएकाे भन्दै गायिका अधिकारीद्वारा साइबर अपराधकाे उजुरी

पाेखरा- गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा आफूमाथि अनेक टिप्पणी आएपछि आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा साइबर अपराधसम्बन्धी उजुरी दर्ता गरेकी छिन् ।
अष्ट्रेलिया भिसाबारे ढिलाइको विषयलाई लिएर मानसिक यातना दिएकाे भन्दै गायिका अधिकारीले साइबर क्राइमको उजुरी दिएकी हुन् । अधिकारीले ताजा खबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ सेन्टर र रुटिन अफ बुटवल बन्द नाम गरेको फेसबुक पेजबाट आफ्नो इज्जत प्रतिष्ठामाथि आँच आउने कार्य गरेको बताएकी छिन् ।
उनले कसैको वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारका लागि कसैको जिन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध हो भन्दै सबै सञ्चारमाध्यमलाई पनि यथार्थ बुझेर मात्र समाचार सम्प्रेषणको आग्रह गरिन् ।

बलिउडका आठ बोल्ड फिल्म

'शोले'को ५० वर्ष पूरा, सोभियत संघवाला भन्थे- वसन्ती, ए कुत्तेका सामु मत नाँच

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

धनुषसँगको ‘अफेयर’बारे के भन्छिन् मृणाल ठाकुर ?

पाँच कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान

‘माग्ने राजा’ माग्ने बुढा पात्रकै वृत्तान्त

राजेन्द्र वाग्लेको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक

प्रतिक्रिया