आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

एसिया कपको उद्घाटनमा नेपालकी त्रिशाला गुरुङको प्रस्तुति

काठमाडौँ- पाकिस्तान र श्रीलंकामा आजबाट सुरु हुने एसीसी एसिया कपको उद्घाटन समारोहमा नेपाली गायिका त्रिशाला गुरुङको प्रस्तुति रहने भएको छ ।

समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तानबीच पाकिस्तानको मुल्तानमा नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट उद्घाटन खेल हुने तालिका रहेको छ ।

त्यसअघि हुने उद्घाटन समारोहमा नेपाली गायिका त्रिशाला र पाकिस्तानी गायिका आइमा बैगले प्रस्तुति दिने पाकिस्तान क्रिकेट टिमले जनाएको छ ।

नेपालले पाकिस्तानविरुद्ध खेल्दै एसिया कपमा डेब्यू गर्दैछ । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक विश्व नम्बर एक टिमसँग खेल्न लागेको हो ।